राजनीति

सभापति भूवन/पूर्ण माथी आक्रमण गर्ने अपराधीलाई तत्काल कारबाही गर्न नेता पौडेलको माग

५ असोज, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्नियुस्टहरुको सरकार र सत्ताको आडमा अपराधीलाई प्रहरी प्रशासनबाट गरिएको संरक्षणको शान्तिपुर्ण विरोध कार्यक्रममा सहभागी हुने क्रममा नेपाली कांग्रेस गुल्मी जिल्ला सभापति भुवन श्रेष्ठ, पूर्ण खत्री लगायतका नेपाली काङ्ग्रेसका साथीहरू घाईते भएको घटनाप्रति खेद प्रकट गरेका छन् ।
उनले विज्ञप्ती निकाल्दै अपराधीलाई कुनैपनि हालतमा उन्मुक्ति दिनुहुन्न भन्दै तुरुन्त कानुनी दायरामा ल्याई कारवाहीको माग गरेका छन् । गुल्मी काँग्रेस सभापतिलगायतलाई जिल्लामा आफ्ना निर्दोश कार्यकर्तालाई न्याय दिँदै दोषीलाई कारबाही गर्न माग गर्दा प्रशासनले आक्रमण गरेको काँग्रेसको आरोप छ ।