राजनीति

गुल्मी काँग्रेस सभापतिमाथीको प्रशासनको दुव्र्यबहारप्रति डा कोईरालाद्वारा भत्र्शना

५ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले गुल्मी काँग्रेसका सभापति भुवन श्रेष्ठमाथी भएको प्रहरी दुव्र्यबहारको कडा रुपमा निन्दा गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘विना कसुर आफ्ना कार्यकर्ता पिट्ने नेकपाका कार्यकर्ता पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दा प्रशासनले अटेरी गरेपछी शान्तिपूर्ण प्रदर्शनमा उत्रेका नेपाली कांग्रेस गुल्मीका सभापती भुवन श्रेष्ठ लगायत साथीहरूमाथि भएको प्रहरी ज्यादती र आक्रमणको घोर भर्त्सना गर्दछु।’