राजनीति

१४ महाधिवेशनले नेतृत्व सही रोजेमा काँग्रेसको काँचुली फेरिन्छः नेता सिंह

५ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले महिलाहरुलाई ३३ प्रतिशत प्रतिनिधित्व हुनेगरी संबिधानमा नै ब्यवस्था भएको हुनाले मंगलादेवी प्रतिष्ठान, नेपाल महिलासंघको सकृयतामा लागू गराउनुपर्ने बताए । नेता सिंहले संबिधानमा अधिकार दिएपनि गाँउभरमा भएका महिलाहहरुका समस्यालाई सम्बोधन गर्नुपर्ने बिचार व्यक्र गरे । उनले संबिधानमा आमाको नामबाट पनि नागरिकता दिने भनिएपनि कानून कार्यान्वयन हुन नसकेको, महिलाको प्रतिनिधिधत्व उचित रुपमा भएको छ कि छैन अनुगमन गरेर आवाज उठाउनुपर्ने विचार व्यक्त गरे ।

उनले समानुपातिक प्रतिनिधित्व पनि निर्बाचित नै भएको भन्दै संबिधानमा भएका अधिकारहरुको कानून बनाउन ढिला भएमा दबाब दिनुपर्ने बताए । उनले पार्टीको संस्था राम्रो हुनुपर्ने भन्दै अधिवेशन समयमा नै हुनुपर्ने बताए । उनले काँग्रेसले १४ औ महाधिवेशन समयमा भएमा नेकपा दुईतिहाई मतको सरकार कमजोर हुने र काँग्रेस बलियो हुने बताए । उनले आउँदो अधिवेशनबाट सफल नेतृत्व चुन्नुपर्ने भन्दै नयाँ नेतृत्वले पार्टीको र देशको राजनीतिक समस्याहरु हल गर्ने उनले बताए ।
नेता सिंहले काँग्रेस महाधिवेशनले राम्रो नयाँ नेतृत्व पाए काँग्रेसको कँँचुली फेरिने निश्चित भएको उनको दाबी छ । १४ औ महाधिवेशनमा सभापतिका शसक्त उमेद्वार पुर्ब महामन्त्री प्रकाशमान सिंहसमेत हुन् । मंगलादेवीको स्मृति दिवशको अवशरमा भएको भर्चुअल बैठकमा नेता सिंहले उक्त कुरा बताएका हुन् ।