उर्जा

उर्जा मन्त्रालयले भन्योः पुर्व जानकारी बिना बत्ती काटिएमा तुरुन्तै मन्त्रालयमै फोन गर्नुस् !

५ असोज, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रालयले पुर्व जानकारी बिना बत्ति गएमा तुरुन्तै सिँधै मन्त्रालयमै फोन गर्न भनेको छ ।

उर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजक दयानिधि भट्टले पछिल्लो समय विभिन्न मर्मत तथा प्राविधिक कारण बत्ति जाने गरेपनि लोडसेडिङ नभएको बताएका छन् ।

पछिल्लो समय मुलुकमा लोडसेडिङ हुन थालेको भनि ग्राहकमा भ्रम पैदा हुन थालेको भन्दै उर्जा मन्त्रालयको यस्तो स्पष्टोक्ति दिएको हो ।

ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रालयका अनुसार सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराह्न १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ के. भी. प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सफर्मरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्वसूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको थियो ।

भट्टले त्यस सम्बन्धमा केही ग्राहकमा भ्रम पर्न गएको भन्दै यदि कतै पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री श्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अनुरोध गरेका छन् ।

भट्टले फेसबुकमा स्टाटस लेख्दै सम्पर्कका लागि उर्जा मन्त्रीको सचिवालयको हटलाइन नम्बर–११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सकिने उनले बताएका छन् ।