समाचार

आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगीतः दुई अध्यक्षबीच छलफल

५ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजकालागि बोलाईएको सचिवालय बैठक स्थगीत भएको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको बैठकपछि सचिवालय बैकठ सारिएको हो ।

आईतबारदेखी पेसिर डाँडाँमा सुरु भएको नेकपाको सचिवालय बैठक आज दिउँसो १ बजे पुनः बस्ने भनिएपनि आजको बैठक भोली मध्यान्ह १२ः३० बजे बस्ने भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

भोलीको बैठक बालुवाटारमा बस्ने भएको हो । अहिले दुई अध्यक्षबीच छलफल जारी छ । यसअघि आईतबार बसेको बैठकमा मन्त्रीपरिषद पुर्णगठनबारे छलफल भएको थियो ।