सामाजिक सञ्जाल

भारत/चीनसहित ओलीसँग आक्रोशित हुँदै गुरुङ भन्छन्ः खवरदार! छिमेकी भएर मिचाहा प्रबृत्ति नदेखाऊ

५ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले हुम्लाको नाम्खा गापा–६ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भुमीमा जबरजस्ती भवन निर्माण गरिरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । नेता गुरुगंले नेपालको सीमानामा पर्ने ठुला भनाउँदा दुई छिमेकी देशले मिचाहा प्रबृत्ति नदेखाऊन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ ध्यानाकर्षण गराएका हुन् । गुरुङले भारत र चीन दुबैलाई नेपाल सानो छ भनेर नहेप्न खबरदारीसमेत गरेका छन् । केहीअघिमात्र भारतले मिचेको लिम्पीयाधुरा, लिपुलेक र कालापानी नेपालले आफ्नो नक्सामा पारेको छ तर नक्सामा पारेको भूमिमा भारतीय सेनाको गस्ती बलियो छ भने चीनले पनि नेपालका बिभिन्न भू–भाग मिचेको समाचारहरु आईरहेका छन् भारतले भूमि मिचेका समाचारहरु आईरहेका बिषयमा सरकारले बोलेपनि चीनको बिषयमा भने सरकारले कुनै भूमि पनि चीनले नमिचेको प्रतिकृया दिएको थियो । पछिल्ला समाचारको बिषयमा भने सरकारको आधिकारिक प्रतिकृया आएको छैन ।

गुरुङको ट्वीटः हुम्लाको नाम्खा गापा–६ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भुमीमा जबरजस्ती भवन निर्माण गरिरहेको समाचार पढियो। खवरदार! ठुला भनाउँदा दुई छिमेकी देशले मिचाहा प्रबृत्ति नदेखाऊ। यस संदर्भमा @PM_Nepal ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु। राष्ट्रियताको छेउ र कुनामा फरक परिभाषा हुँदैन।