राजनीति

डा संग्रौलाको आह्वानः डा केसीका माग पुरा गर्न सम्पुर्ण नेपालीले सरकारलाई दबाब दिऔं

५ असोज, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले चिकित्सा क्षेत्रका अभियन्ता डा गोबिन्द केसीको मागलाई सरकारले तुरुन्त सम्बोधन गरि उनको जीवन रक्षा गर्नुपर्ने बताएकी छन् । उनले डा केसीको माग पुरा गर्न सम्पुर्ण नेपाली जनताले सरकारलाई दबाब दिऔंँ भन्दै आह्वान पनि गरेकी छन् ।
नेतृ डा संग्रौलाले डा केसीको स्वस्थ्य स्थिति अत्यन्त नाजुक अबस्थामा रहेको भन्दै नेपाली जनताले शहरमा मात्र हैन नेपालको दुरदराज र बिकट क्षेत्रका बासिन्दाले पनि चिकित्सा शिक्षा र स्वास्थ्य उपचार सरल र भरपर्दो किसिमले पाउन सकुन् र बिपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गर्न सकुन् भनी डा गोविन्द केसि स्वस्थ्य क्षेत्रको सुधार र परिवर्तन गर्न जनहितका लागि जुम्लाको अस्पतालमा सिकिस्त बिमारी भै सत्याग्रह गरि रहेको सबैले बुझ्नुपर्ने बताएकी छन् ।

नेतृ डा संग्रौला भनिछन्, ‘नेपाली जनताले शहरमा मात्र हैन नेपालको दुरदराज र बिकट क्षेत्रका बासिन्दाले पनि चिकित्सा शिक्षा र स्वास्थ्य उपचार सरल र भरपर्दो किसिमले पाउन सकुन् र बिपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गर्न सकुन् भनी डा गोविन्द केसि स्वस्थ्य क्षेत्रको सुधार र परिवर्तन गर्न जनहितका लागि जुम्लाको अस्पतालमा सिकिस्त बिमारी भै सत्याग्रह गरि रहेका छन् । उनको स्वस्थ्य स्थिति अत्यन्त नाजुक अबस्थामा रहेको छ। सरकार डा केसिको माग सम्बोधन गर्न उदासिन रहेको छ। चिकित्सा क्षेत्रका अभियन्ताको मागलाई सरकारले तुरुन्त सम्बोधन गरि डा केसिलाइ बचाऔं। सम्पुर्ण नेपाली जनताले सरकारलाई दबाब दिऔं।’