समाचार

कोरोना संक्रमणका कारण बाँकेमा ५८ वर्षे कैदिको मृत्यु

५ असोज, काठमाडौं । कोरोना संक्रमणका कारण एक कैदिबन्दीको मृत्यु भएको छ । सुर्खेत गुर्भाकोट नगरपालिका वडा नम्वर ४ सहारे घर भएका ५८ वर्षीय पुरुषको आज बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

उनलाई उपचारका लागि सुर्खेतबाट बाँके कारागारमा पठाइएको थियो । उनमा भदौ २२ गते स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पताल भर्ना गरिएको थियो । कोरोना आइसोलेसन वार्डमा उपचाररत उनमा भदौ २१ गते कोभिड १९ पोजेटिभ पुष्टी भएको थियो ।

उनी दमका बिरामी समेत थिए । बाँके जिल्लामा अहिलेसम्म कोभिड संक्रमण देखिएका ११ जनाको मृत्यु भइसकेको छ ।