आर्थिक

धरान उपमहानगरपालिकाको कर भुक्तानीconnectIPS मार्फत

४ असोज, काठमाडौं । स्थानिय सरकारको कर भुक्तानीसमेत अन्लाईनबाटै गराउने गरी धरान उपमहानगरपालिकाले जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी connectIPS e-Payment मार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरी उक्त सुविधा सञ्चालनमा ल्याउने पहिलो निकाय भएको छ । उक्त धरान उपमहानगरपालिकालाई connectIPS मा राष्ट्रिय वाणिज्य बैंक मार्फत आबद्ध गराइएको हो ।
यस सुविधा सँगै करदाताले उपमहानगरमा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवाशुल्कहरु घरमै बसेर दाखिला गर्नुका साथै प्रारम्भिक रुपमा मूल्याङ्कनगरी connectIPS e-Paymentमार्फत अन्लाईनबाटै भुक्तानी गर्न सक्नेछन् । साथै कर तिर्न करदाताले कार्यालयमा गएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य भएको छ ।कोरोना भाइरस (कोभिड १९) महामारीका कारणसमेत जनतालाई आफैँ उपस्थितभएर कर तिर्न स्वास्थ्य जोखिम भइरहेका बेला सुरु भएको अनलाईन भुक्तानी प्रणालीले थप सहजताहुने विश्वास गरिएको छ ।

यस उपमहानगरपालिकाको राजस्व प्रणालीमा करदातालेआफुलाई पायक पर्ने वडा कार्यालय मार्फत एक पटक मोवाईल नम्बर र ईमेल ठेगाना आवद्ध गरी सके www.eservice.dharan.gov.np मा गई आफ्नो User Name र Password प्राप्त गरी सोझै आफ्नोे बैंक खाताबाट connectIPSमार्फत सजिलै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् । यसरी अन्लाईन कर तिर्नका निम्ति करदाताले ConnecctIPS प्रणालीमा पनि आफू अथवा भुक्तानी गर्न सहयोग गर्ने व्यक्ति आबद्ध भएको हुनुपर्ने हुन्छ । कुनै समस्या आएमा वा बुझ्नुपरेमा [email protected]मा करदाताले आफ्ना जिज्ञासा राख्न सक्नेछन्र connectIPSकाे बारे थप जानकारी www.connectips.comमा उपलब्ध छन् ।
connectIPS e-Payment प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटफर्म हो, जसमा अनलाइन फण्ड ट्रान्सफर, लगायत सरकारको राजस्व भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल÷कलेज, इन्स्युरेन्स भुक्तानी, जस्ता कारेवारहरु गर्न सकिने व्यवस्था रहेको छ ।