पु.समाचार

उपत्यकामा थपिए ७६७ संक्रमित, देशभर ९६६ डिस्चार्ज

४ असोज, काठमाडौं । २४ घण्टामा देशभर १३ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । आज ९६६ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् भने १० जनाको निधन भएको छ । निको हुनेको संख्या देशभर ४६ हजार २३३ पुगेको छ । आज ९ हजार ५८४ परीक्षण गरिएको थियो । उपत्यकामामात्र ७६७ जना संक्रमित थपिएका थिए । उपत्यकामामात्र आज ६ जनाको निधन भएको छ। आजबाट देशभर अहिलेसम्म निधन हुनेको संख्या ४११ जना पुगेको छ । आलसम्म देशभर कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । काठमाडौंमा ६०२, भक्तपुरमा १०१ जना र ललितपुरमा ६४ जना उपत्यकामा थपिएका छन् ।