सामाजिक सञ्जाल

धनराजको टिप्पणीः भ्रष्ट नेता/उच्च तहका कर्मचारीलाई उन्मुक्ति दिएको पुरस्कार घिमिरेलाई पदक

४ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले अख्तियार दुरुपयोग अनुसंधान आयोगका निबर्तमान प्रमुख नविन घिमिरेले प्रसिद्ध प्रबल जनसेवा श्री (द्धितीय) द्वारा बिभूषित गरिएकोप्रति आपत्ती जनाका छन् । सरकारले बिभिन्न बिधामा १० करोड खर्च गरेर बिभिन्न पदकहरु बितरण गरेको बिषयको सर्बसाधारण तथा बौद्धिकबृतमा बिरोध भईरहेका बेला नेता गुरुगंले उक्त कदमको बिरोध जनाएका छन् ।
उनले भनेका छन्, ‘अख्तियारको प्रमुख आयुक्त भएको बेला आयल निगम जग्गा खरिद, ३३किलो सुन, बालुवाटार जग्गा, सेक्युरिटी प्रेस खरिद, वाइडबडी जहाज, यती, ओम्नी आदी सबै काण्डमा मुछिएका भ्रष्ट नेता र उच्च तहका कर्मचारीहरुलाई उन्मुक्ति दिएकाले नविन घिमिरेलाई प्रसिद्ध प्रबल जनसेवा श्री (द्धितीय) द्वारा बिभूषित गरिएछ।’