राजनीति

कम्युनिष्टसँग भ्रष्टाचार गरेर कमाएको धेरै पैसा भएकाले काँग्रेसले विचारको लडाइ लड्नुपर्छः बरिष्ठ नेता पौडेल

४ असोज, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको ‘नेपाली कांग्रेस पुनर्जागरण अभियानः वैचारिक नेतृत्व’ आन्तरिक लोकतन्त्र र जनआधारित संगठन विषयमा आफ्नो भनाइ राख्दै सूदुरपश्चिम देशको महत्पवूर्ण भूमि भएको बताए ।
नेता पौडेलले सूदुरपश्चिममा दलित र बिपन्न जनताको संख्या बढी भएको र त्यसको प्रमाण पछिल्लो समय रोजगारीका लागि त्यहाँका जनता भारत गएको लहर लिन सकिने बताए । उनले त्यहाँको भोकले मर्नुभन्दा रोगले मरियोस भनेर भारतबाट कोरोना लागेको बेला नेपाल आएकाहरु भारततिरै फर्किएको दृष्टान्त दिए । उनले हिजो काँग्रेस सामन्तबादको बिरुद्ध भएकाले काँग्रेसलाई माया गरेजस्तै काँग्रेसले उनीहरुको भावना बुझ्न नसक्दा कम्युनिष्टको झुट आस्वासनमा लागेर उनीहरुलाई बिश्वास गरेको बताए ।
बरिष्ठ नेता पौडेलले केन्द्रीय समितिमा आफूले किन नेपालमा कम्युनिष्ट हावी भए भन्ने कुराको समिक्षा गर्न आग्रह गरेको स्मरण गर्दै सभापति शेरबहादुर देउवालाई भन्दा पनि सभापतिजीले नमानेको, त्यसको जिम्मेवारी नलिएको बताए । सभापति देउवा आफुभन्दा २ ४ बर्ष जुनियर भएपनि त्यस्तो आफूले कतै नभनेको बताए, उनले सभापतिजी दुःख गरेकै मान्छेभए पनि आफ्ना कुरा नसुनेको बताए । नेता पौडेलले काँग्रेसले चुनाव हारेको कुरा गर्दासमेत कुरा नसुनेकोमा आफूलाई चित्त दुखेको बताए ।
बरिष्ठ नेता पौडेलले नेपालको संबिधानले लोकतन्त्रमा आधारित संबिधान, बहुलबादमा आधारित संबिधान भएपनि राष्ट्रपतीले चीनीया राष्ट्रपती सीको अनुयायी हौं भन्नु निकै गलत भएको बताए । पौडेलले चीनसँग नेपालको कुनैपनि ब्यवस्था नमिल्ने, भारतसँग रोटीबेटीको सबै मिल्ने भएपनि नेकपा सरकारले चीनसँगमात्र मिलेर विदेश नीति बिगारेको बताए । पौडेलले कम्युनिष्टले भ्रम पारेर जनतालाई झुक्याएको स्वीकार्दै उनीहरुले गरेको गल्ती, झुक्याई, लट्याई ल्याएको दुईतिहाईको दम्भले अरबौं अरबका काण्डहरुले कस्तो देखिएको छ, जनताले देखेको बताए । उनले वाईडबडी, कोभिडमा भएको अर्बौं भ्रष्टाचार, मन्त्री ७० करोडको रगें हात भेटिनु, गोकर्ण रिसोर्ट काण्डलगायतले सरकार भ्रष्टाचारमा लिप्त भएको प्रमाण देखिएको बताए ।
पौडेलले कम्युनिष्टले दलितलाई बन्दुक बोकाएर राज्यसत्ता कब्जा गरेर अहिले रुकुमको चारजहारीमा गरेको ब्यवहार नै प्रमाण भएको बताए । उनले काँग्रेसले पनि १५ सालका एजेण्डा समातेको तर पछि छाड्दै गएका कारण कम्युनिष्टले काँग्रेसका समाबेशी एजेण्डा समातेर अगाडी बढेको बताए । कम्युनिष्टसँग पैसा, गुण्डागर्दी शैलीमा अगाडी बढे काँग्रेसले केही गर्न नसक्ने भन्दै काँग्रेसले पैसा जम्मा गरेर भन्दा बैचारिक शक्ती, बहसले जनतालाई बिश्वास दिलाउनुपर्ने विचार गरे । उनले कम्युनिष्टका सिद्धान्त नभएको भन्दै कहिले बहुदलिय जनबाद, कहिले के भन्दै एजेण्डा परिवर्तग गरिरहने बताए । कम्युनिष्टले आवश्यक्ताअनुसार जनतालाई एजेण्डा ल्याउने र त्यहीअनुसार सधैं जनतालाई ढाँट्ने चलन रहेको बताए ।
बरिष्ठ नेता पौडेलले आफूले प्रधानमन्त्रीलाई जनतालाई गाउँमै बसुं बसुं लाग्ने बनाउन लिखित आग्रह नै गरेको भएपनि फेद न टुप्पोको रेलमा ३५ करोड सकेको बताए । कुन ठाउँमा के सम्भावना छ त्यो हेरेर स्थानीय तहलाई बजेट दिएर रोजगारको श्रृजना उने उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्ने बताए । बरिष्ठ नेता पौडेलले चिनियाँहरुको नेपालीप्रतिको ब्यवहार एकदमै गलत भएको भन्दै कम्युनिष्ट आचरणमा भारतसंगमात्र झगडा गर्दै राष्ट्रबादी हुन खोजेको कुरालाई चिर्नुपर्ने जिकिर गरेका छन् । बरिष्ठ नेता पौडेलले काँग्रेस विचार शुन्य भएको भन्ने कुरा गलत भएको भन्दै नेपाली काँग्रेस सुधारको जरुरी भएको बताए । उनले कमजोर काँग्रेसको बलियो सभापति भन्दा पनि बलियो काँग्रेसको कमजोर सभापति हुन चाहेको विचार ब्यक्त गरे ।
बरिष्ठ नेता पौडेलले काँग्रेसभित्र विकृति हुन नहुने भन्दै आफूले आजभन्दा ३ बर्ष अगाडी काँग्रेस कता जाँदैछ भन्ने कुरा गरेको बताए । उनले महासमिति बैठकमा सुनौलो भविश्यका लागि काम गर्न त्यो बेला, केन्द्रीय समितिलगायतमा आफ्ना मौखिक र लिखित प्रस्ताव राखेको बताउँदै त्यसबेला आफूले ४ बर्षमा अधिवेशन गर्ने कार्यतालीक निर्माण गर्ने प्रस्ताव गर्दा सभापतिजीले साढे पाँच बर्षमा अधिवेशन हुने कुरा गरेको स्मरण गरे । उनले अधिवेशनको कुरा गर्दा रामचन्द्र पौडेललाई हतार भएको कुरा गरेको भन्दै चीन र भारतजस्ता मित्र राष्ट्रहरुसँग कसरी सन्तुलित रुपमा सम्बन्ध राख्ने भन्ने स्पष्ट नीति हुनुपर्ने भन्दै विकासप्रेमी, लोकतन्त्र प्रेमीको खोजी नहुने तर को पैसा लिएर आउँछ त्यो नै हेर्दा विकास र सुशासन हुन नसकेको बताए ।
उनले काँग्रेस बचाउनको लागि आफूले ४ बर्षमा नै अधिवेशन गरुँ भन्दा आफ्ना कुरा नसुनेको भन्दै देशको संबिधान कार्यान्वयनमा ल्याउन बचाउने(सीपथबाट) अर्को जिम्मेवारी भनेको फागुणभित्रमा जसरीभएपनि अधिवेशन गरेर नयाँ कार्यसमिति निर्बाचित गर्ने काँग्रेसका मुख्य दुईवटा जिम्मेवारी भएको बताए । देशको विकास, व्यवस्था अगाडी बढाउन सम्भव भएको भन्दै श्रमको सम्मान गर्नुपर्ने वातावरण बनाउनुपर्ने बताए । उनले काँग्रेसले १५ सालका एजेण्डालाई कम्युनिष्टले खोसेका एजेण्डा फेरि ल्याएर जनतामा जानुको विकल्प नभएको बताए ।