बाग्मती

संविधान दिवसमा एघार कैदीबन्दी मुक्त

३ असोज, गण्डकी । संविधान दिवसका अवसरमा कास्की कारागारबाट विभिन्न मुद्धाका एक महिलासहित ११ कैदीबन्दी आज मुक्त भएका छन् । नेपाल सरकारको ५० प्रतिशत कैद समय भुक्तानी गरेका कैदीबन्दीलाई संविधान दिवसका अवसरमा बाँकी समय माफी दिने निर्णयअनुरुप उनीहरु मुक्त भएको कास्की कारागारका प्रमुख केशव लामिछानेले जानकारी दिए ।

उनका अनुसार सरकारले निश्चित कैद समय भुक्तान गरेका कैदीबन्दीलाई राष्ट्यि दिवस एवम् महत्वपूर्ण सन्दर्भका अवसरमा भुक्तानी गर्नुपर्ने बाँकी कैद समय मिनाहा गर्ने गरेको छ । बाँकी कैद समय माफी हुनेमा कर्तव्य ज्यान मुद्दाका पाँच, सवारी ज्यानसम्वन्धी दुई, चोरी, आगलागी ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जवरजस्ती चोरीका एक महिलासहित एकएक जना गरेर ११ बन्दी मुक्त भएका हुन् । कार्यलय प्रमुख लामिछानेका अनुसार कास्की कारागारमा अब विभिन्न मुद्धाका नौ सय २४ कैदीबन्दी छन् ।