पु.समाचार

उपत्यकामा ५ जनासहित देशभर ११ को मृत्यु, जम्मा ४०१ मृतक, उपत्यकामा थपिए ७११ संक्रमित

३ असोज, काठमाडौं। कोरोना संक्रमणका कारण ११ जनाको निधन भएको छ । आज निधन भएकलाई जोड्दा नेपालमा कोरोनाबाट निधन हुनेको सख्या ४०१ जना पुगेको छ । उपत्यकामा मात्र आज ५ जनाको निधन भएको समाचार छ । उपत्यकामा ७११ जना संक्रमितहरु थपिएक छन् । काठमाडौंमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जनासहित आज कोरोना भाईरसको संक्रमण १२ सय ४ जनालाई पुष्टी भएको छ । नेपालमा आजबाट संक्रमितहरु पुगेका छन् । २४ घण्टामा १४ सय ४७ जना कोरोना संक्रमितहरु निको भई डिस्चार्ज भएका छन् । नेपालमा कोारेना जितेर डिस्चार्ज हुनेको संख्या ४५ हजार २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त पुष्टी गरेका हुन्् ।