पु.समाचार

आज १२ सय ४ जना थपिए संक्रमित, १४ सय ४७ जना भए निको

३ असोज, काठमाडौं। काठमाडौंमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जनासहित आज कोरोना भाईरसको संक्रमण १२ सय ४ जनालाई पुष्टी भएको छ । नेपालमा आजबाट संक्रमितहरु पुगेका छन् । २४ घण्टामा १४ सय ४७ जना कोरोना संक्रमितहरु निको भई डिस्चार्ज भएका छन् । नेपालमा कोारेना जितेर डिस्चार्ज हुनेको संख्या ४५ हजार २६७ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त पुष्टी गरेका हुन् ।

देशभरमा पछिल्लो २४ घण्टामा कोरोनाका एक हजार दुई सय चार जना नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सँगै कुल सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार १२९ रहेको बताउनुभयो । आज विभिन्न जिल्लामा गरी एक हजार ४४७ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४५ हजार दुई सय ६७ छ । हाल निको हुने प्रतिशत ७२ रहेको छ ।

पछिल्लो समय दश हजार तीन सय ३३ को परीक्षण गरिएको थियो योसँगै हालसम्म नौँ लाख चार हजार सात सय छ नमूना परीक्षण भइसकेको छ । सङ्क्रमित मध्ये संस्थागत आइसोलेशनमा नौ हजार १५३ जना र होम आइसोलेशनमा नौ हजार ९७६ जना रहेको मन्त्रालयले जानकारी गराएको छ । त्यस्तै क्वारेन्टिनमा रहनेको सङ्ख्या सात हजार सात सय ३५ रहेको छ । देशभर १७९ सङ्क्रमित सघन उपचारकक्षमा छन् । ३५ जना सङ्क्रमित भेण्टिलेटरमा उपचार गराइरहेका छन् ।

काठमाडौँ उपत्यकामा थपिए सात सय बढी
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये काठमाडौंका ५७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जना रहेका छन् ।

थप ११ को मृत्यु

पछिल्लो समय कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या ४०१ पुगेको छ ।