राजनीति

गगनको आक्रोसः शान्तिपूर्ण प्रदर्शनमा भएका श्रृखलावद्ध प्रहरी दमन निन्दनीय

३ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगनकुमार थापाले शान्तिपुर्ण आन्दोलनमा भएको प्रहरी दमनको निन्दा गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता थापाले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै राजधानिमा भईरहेका शान्तिपुर्ण आन्दोलनहरुमा प्रहरीको हस्तक्षपप्रति दुःख व्यक्त गरेका हुन् ।

नेता थापाले दमनले जनआवाज बन्द गर्ने हतियार उहिलै नै भुत्ते भईसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्मरण पनि गराएका छन् । घिसिङको पुनः नियुक्तिको माग गर्दै अहिले दिनहुँजसो सडकमा भईरहेका प्रदर्शनमा प्रहरीले बल प्रयोग गरी कुट–पिट सम्म उत्रियर कयौं सर्वसाधारण घाईते भईरेका छन् भने पत्रकारमाथि पनि दुव्र्यबहार भएको घटना सार्वजनिक भएका छन् ।

जसको बिरोध सर्वत्र भईरहेकाबेला नेता थापाले शान्तिपूर्ण प्रदर्शनमा भएका श्रृखलावद्ध दमन निन्दनीय रहेको भन्दै ड्युटीका प्रहरीको आकस्मिक प्रतिक्रिया मात्र नभई विमति राख्नेलाई तर्साउने सरकारी रवैया भएको टिप्पणी गरेका छन् । नेता थापाले आदेश पालन गर्ने नाममा संयम नगुमाउन पुलिस प्रसाशनलाई आग्रह गर्दै अगाडी भनेका छन्ः प्रधानमन्त्री ज्यू स्मरण होस् दमनले जनआवाज बन्द गर्ने हतियार उहिले नै भुत्ते भइसक्यो ।

उनको ट्वीटः शान्तिपूर्ण प्रदर्शनमा भएका श्रृखलावद्ध दमन निन्दनीय छ । यो ड्युटीका प्रहरीको आकस्मिक प्रतिक्रिया मात्र होइन विमति राख्नेलाई तर्साउने सरकारी रवैया हो । @NepalPoliceHQ आदेश पालन गर्ने नाममा संयम नगुमाउनोस । @PM_Nepal ज्यू स्मरण होस् दमनले जनआवाज बन्द गर्ने हतियार उहिले नै भुत्ते भइसक्यो