पु.समाचार

चितवन मेडिकल कलेजमा उपचाररत ६० बर्षीया कोरोना संक्रमित बृद्धाको ज्यान गयो

३ असोज, चितवन । कोरोना संक्रमणका कारण चितवनमा एक महिलाको ज्यान गएको छ । चितवन मेडिकल कलेज भरतपुरको भेन्टिलेटरमा उपचाररत रौतहटको चन्द्र निगाहपुर ५ कि ६० वर्षीया बृद्धाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

स्वास्थ्यमा समस्या आएपछि भदौ २८ गते अस्पतालमा ल्याएलगत्तै भेन्टिलेटरमा राखिएको महिलाको कोरोना रिपोर्ट भदौ २८ गते पोजेटिभ आएको चितवन मेडिकल कलेजमा निर्देशक डा. दयाराम लम्सालले जानकारी दिएका छन् ।

मृतक बृद्धामा निमोनियाँ, उच्च रक्तचाप, थाईराईडको समेत समस्या रहेको लम्सालले जानकारी दिएका छन् । यो संगै चितवनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।