सामाजिक सञ्जाल

संविधान बचाउन भ्रष्ट राज्यसत्ताको बिरुद्धमा जागौंः नेता गुरुङ

३ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले संविधान बचाउन भ्रष्ट राज्यसत्ताको बिरुद्ध जाग्न सबैलाई अपिल गरेका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै नेता गुरुङले यस्तो अपिल गरेका हुन् ।

नेता गुरुङले लोकतान्त्रिक संविधानले जनताको मुख थुनेर भ्रष्टाचारी, बलात्कारी, माफिया, बिचौलियाहरुको रजगज चल्ने राज्यसत्ताको परिकल्पना नगरेपनि दुर्भाग्यवश संविधानले परिकल्पना नगरेकै कुरा जनताले भोगिरहेका बताएका छन् ।

त्यसकारण यी सबका बिरुद्ध र संविधान बचाउन भ्रष्ट राज्यसत्ताको बिरुद्ध सम्पुर्ण नेपाली जाग्नुपर्नेमा जोड दिएका छन् ।

उनको ट्वीटः लोकतान्त्रिक संविधानले जनताको मुख थुनेर भ्रष्टाचारी, बलात्कारी, माफिया, बिचौलियाहरुको रजगज चल्ने राज्यसत्ताको परिकल्पना गर्दैन । तर दुर्भाग्यवश संविधानले परिकल्पना नगरेकै कुरा जनताले भोगिरहेका छन् । संविधान बचाउन भ्रष्ट राज्यसत्ताको बिरुद्ध जागौं। संविधान दिवसको शुभकामना ।