पु.समाचार

तीन दिनअघि अस्पताल भर्ना भएकी ४१ वर्षे कोरोना संक्रमित महिलाको मृत्यु

३ असोज, काठमाडौं । तीन दिनअघि अस्पताल भर्ना भएकी एक ४१ वर्षे कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पाल्पाको तानसेन नगरपालीका १४ कुसेनीकी ४१ वर्षे महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

निमोनियाँको बिरामी परेको र कोरोनाको लक्षण देखिएपछि गरिएको स्वाब परिक्षणको रिपोर्ट शुक्रबार आएको थियो । रिपोर्टमा कोरोना पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

तीन दिनअघि उपचार गर्न अस्पताल आए पनि भर्ना गर्नुपर्ने बिरामीलाई आफन्तले भर्ना नगरिकन जबरजस्ती घर लगेको र व्यथाले च्यापेपछि पुनः शुक्रबार अस्पतालमा ल्याएको बताईएको छ ।