राजनीति

नेता पौडेलको अपिलः मौलिकतामा खलल पुर्याउने गरी संविधान संसोधन नगरौं

३ असो, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मौलिकतामा खलल पुग्ने गरी संविधान संसोधन गर्न नहुनेमा जोड दिएका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै नेता पौडेलले संविधान निर्माणकै क्रममा रहेको केही सामान्य गुनाशाहरुको संवोधन सबैको सहमतिमा गर्न सकिने भन्दै अन्यथा प्रणालीगत हिसाबले र संरचनात्मक हिसाबले संविधानको मौलिकतामा खलल पुर्याउने गरी सशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो मात्र बनाईराख्नु राष्ट्र हितमा नहुने र त त्यस्तो अधिकार कसैलाई नभएको बताए ।

उनले धेरै लामो संघर्ष पछि र धेरै दुःख मेहनत गरेर नेपालको वर्तमान संविधानको निर्माण भएको भन्दै यो संविधानले नेपालका सवै जातजाती, भाषाभाषी संस्कृतिहरुको भावनालाई समेत संगेटेर लगभग सत्तरी वर्ष पछि आएर देशमा राजनीतिक प्रणालीको टुङ्गो लगाएको बताएका छन् ।

नेता पौडेलले नितान्त लोकतान्त्रिक मान्यतामा आधारित भएर बनेको यो संविधानलाई कार्यान्वयनमा ल्याएर जनतालाई न्याय र समृद्धि दिनु सबैको साझा कर्तव्य भएको बताएका छन् । अन्तमा नेता पौडेलले संविधान दिवसको अबसरमा शुभकामना व्यक्त पनि गरेका छन् ।