खेलकुद

विश्व चर्चित इन्डियन प्रिमियर लिग आईपीएल आजबाट सुरु हुँदै

३ असोज, काठमाडौं । विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजबाट संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुँदैछ। मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच हुने खेलबाट यस सिजनको आईपीएल उद्घाटन हुन लागेको हो ।

खेल अबुधाबीस्थित शेख जायद रंगशालामा बेलुकी ७  ४५ बजे सुरु हुनेछ। यस सिजनको आईपीएल कोरोना महामारीका कारण मिति सर्दै आएर अन्ततः युएईमा सुरु हुन लागेका हो ।

आईपीएलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो सिजन खेल्न लागेका छन्। उनी दिल्ली क्यापिटल्सबाट खेल्न लागेका हुन् । दिल्लीले उनलाई तिन सिजनका लागि ३२ लाखमा अनुबन्ध गरेको थियो ।

विश्वका चर्चित लिगहरू खेलिसकेका सन्दीप भर्खरै क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर आईपीएलका लागि सीधै युएई पुगेका हुन्। उनी आबद्ध दिल्लीले आइतबार किङ्स इलाभेन पञ्जाबसँग यस सिजनको पहिलो खेल खेल्नेछ । त्यस्तै दोस्रो खेल शुक्रबार चेन्नईसँग हुनेछ ।