राजनीति

गगनको माग, ‘डा केसीको माग जनताकै लागि हो पुरा गर, उहाँको जीवन रक्षा गर’

२ असोज, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले ‘डा. केसीले रोजेको कष्टकर बाटो आम जनताका लागि हो, उहाँको माग पुरा गर, उहाँको जीवन रक्षा गर!’ भनेका छन् । उनले सबै तीन करोड नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि डा.गोविन्द केसी १९औँ अनसनमा भएको स्मरण गराउँदै हरेक पटक जनदबाबपछि सरकार सहमति त गर्छ तर कार्यान्वयन गर्दैन भन्दैसबैले सरकारलाई सुन्ने गरी भन्नुपर्ने समय आएको जिकिर गरेका छन् ।
गगनको ट्वीटः गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि डा.गोविन्द केसी १९औँ अनसनमा हुनुहुन्छ। हरेक पटक जनदबाबपछि सरकार सहमति त गर्छ तर कार्यान्वयन गर्दैन। सबैले सरकारलाई सुन्ने गरी भनौँ ‘डा. केसीले रोजेको कष्टकर बाटो आम जनताका लागि हो, उहाँको माग पुरा गर, उहाँको जीवन रक्षा गर!’