पु.समाचार

कोरोनाबाट आज ७ जनाको निधन, उपत्यकामा ८५९ जना संक्रमित थपिए

२ असोज, काठमाडौं । आज कोरोना संक्रमणका कारण ७ जनाको निधन भएको छ । यसपछि नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ३९० पुगेको छ । ११ हजार ४५८ पिसिआर परिक्षण गपिरएको छ , २०२० जना कोरोना संक्रमित थपिएका छन । काठमाडौंमा ६९८ जना, ललितपुरमा ७९ भक्तपुरमा ८२ जना संक्रमितहरु थपिएका छन् । उपत्यकामा आज ८५९ जना संक्रमित थपिएका छन् ।
आजको पत्रकार सम्मेलनममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरेका छन् । कोरोना निको हुने दर ७१.१ प्रतिशत छ । आजको २४ घण्टाको संक्रमण दर अहिलेसम्मकै बढी हो ।