मनोरञ्जन

हुँदा खानेहरुको लागि दशैं दशा बनेर आएको कथामा पारुको रुन्छ मन यो सार्बजनिक (भिडियो सहित)

२ असोज, काठमाडौँ । नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित अहिले धेरै गीत संगीतहरु बजारमा आइरहेका छन् ।

सोहि क्रममा बिगत निकै लामो समय यता यसै क्षेत्रमा क्रियासिल गायिका पारु खड्काले पनि रुन्छ मन यो बोलको गीत भर्खरै बजारमा लिएर आइएकी छिन् । उनले यस अघि पनि धेरै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेकी छिन् ।

स्थायी घर दोलखा भएकी गायिका पारुको पछिल्लो दशैँ बिशेष गीतमा सर्वप्रिय गायक राजु परियार र उनकै स्वर सुन्न सकिन्छ । मोहन बि.क द्वारा लय तथा शब्द सिर्जना भएको गीतमा हुँदा खानेहरुको लागि दशैं दशा बनेर आएको भाव प्रस्तुत गरिएको छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा बिमल अधिकारी, सारिका के।सी, स्नेहा थापा र इशान थापाको निकै घत लाग्दो अभिनय देख्न सकिन्छ । रुन्छ मन योू बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायाँकन दुर्गा पौडेल र सम्पादन दिपक विष्टले गरेका छन् । गीतको अडियो तथा भिडियोलाइ योगशना डिजिटल प्रालिले सार्बजनिक गरेको हो ।

गितको भिडियोः