समाचार

रत्ननगर नगरपालिकाका मेयरमा देखियो कोरोना संक्रमण

२ असोज, काठमाडौं । चितवनको रत्ननगर नगरपालिकाका मेयरको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कोरोना संक्रमणसंग मिल्ने लक्षण देखिएपछि मेयर नारायण बनले गत भदौ २८ गते स्वाब परिक्षणका लागि दिएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।

भरतपुरको कोभिड ल्याबमा परीक्षकालागि स्वाब दिएपनि परिक्षण भने चितवन मेडिकल कलेजमा गरिएको जानकारी दिईएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि मेयर बन घरकै आईसोलेसनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ । साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गर्न आग्रह गरेका छन् ।