समाचार

सुन आज फेरी तोलामा ४ सय महंगियोेः पुग्यो ९७ हजार

२ असोज, काठमाडौं । बिहिबार केहि घटेको सुनको भाउ आज फेरी महंगिएको छ । सुन आज तोलामा ४ सय रुपैयाँले महंगिएको नेपाल सुनचाँदि व्यवसायी महासंघले जानकारी दिएको छ ।

तोलामा ४ सय महंगिएसंगै आज शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजार पुगेको हो । महासंघका अनुसार बिहीबार तोलामा ९६ हजार ६०० मा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँ बढेको छ । बिहीबार ९६ हजार १०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९६ हजार ५०० तोकिएको छ ।

चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबार एक हजार ३२० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३३० तोकिएको छ ।