बाग्मती

चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षे कोरोना संक्रमित पुरुषको मृत्यु

२ असोज, चितवन । पूर्वि नवलपरासिको देवचुली नगरपालीका ११ का एक व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत एक ३१ वर्षे संक्रमितको गएराति मृत्यु भएको पुष्टि भएको हो ।

२६ गते कोरोना पुष्टि भएसंगै चितवन मेडिकल कलेजको सघन उपचार कक्षको भेन्टिलेटरमा उपचारत पुरुषको गएराति १२ बजेर १८ मिनेटमा मृत्यु भएको हो ।

यो संगै कोरोना संक्रमणका कारण चितवनमा मृत्यु हुनेको संख्या ३० जना पुगेको छ ।