राजनीति

आईतबारको नेकपा सचिवालय बैंठकले बामदेब गौतमसहितका नयाँ मन्त्रीहरु छान्ला

२ असोज, काठमाडौं । नेकपाको आज बस्ने भनिएको केन्दीय सचिवालय बैठक असोज ४ गतेका लागि सारिएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ४ गते बिहान ११ बजे पेरिस डाँडामा स्ने जानकारी दिएका छन् । नेकपाले सिफारिस गरेपछि सरकारको सिफारिसमा राष्ट्रिय सभाको सदस्यमा मनोनि गरिएको छ । उक्त बैठकले बामदेव गौतमलाई मन्त्री बनाउने वा अन्य मन्त्रीहरुसमेत हेरफेर गर्ने बिषयमा महत्वपूर्ण निर्णय हुने अनुमान राजनीतिकबृतमा लगाईन्छन् । अर्थ, सूचना तथा सञ्चारलगायत केही मन्त्रालयहरु खाली छन्, उक्त मन्त्रालय अर्को ब्यवस्था नहुन्जेलसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नै राखेका छन् ।