मनोरञ्जन

‘पन्छी’ बनेर उड्दै आइन् गायिका एलिना

काठमाडौं १ असोज । गायिका एलिना चौहानका गीत अचेल लगालग लोकप्रिय भइरहेका छन् । उनको स्वरमा रहेको पछिल्लो गीत ‘पन्छी’ ले पनि अहिले क्रमश स्रोतादर्शकको मन जित्दै गइरहेका छ । लोकआधुनीक स्वादका गीत चल्तीमा रहेकीरहेको बेलामा एलिनाको ‘पन्छी’ भने केही फरक शैलीको छ ।

सुदीप आत्रेयको शब्द र किरण माइकल घिमीरेको संगीतमा रहेको गीतको भिडियोमा धन कमाउने सपना बोकेर बिदेश पुगेका नेपाली चेलीले भोग्नु परेको पीडा प्रस्तुत गरिएको छ ।

फरज अर्पणले निर्देशन गरेको गीतको भिडियोमा गायिका एलिना स्वयम्,नम्रता अर्याल,गणेश पौडेल,सन्तोषकुमार थीनलगायतले अभिनय गरेका छन् ।  निर्देशक अर्पणकै छायांकन र सम्पादन रहेको भिडियो आत्रेय प्रोड्क्सन युट्युव च्यानलबाट सार्वजनीक गरिएको हो ।

वास्वतिक घटनाहरुलाई गीतमा प्रतिबिम्बित गरिएको गीतकार सुदीप बताउछन् । गीतको भावअनुसार म्युजीक भिडियो निर्माण गरिएकाले दर्शकले क्रमशः मन पराउदै गएको धारणा उनको छ ।

गीतको भिडियोः