सूचना प्रविधि

टेलिकमले संविधान दिवसमा अनलिमिटेड युट्युब, फेसबुक र एड–अन प्याक उपलब्ध गराउने

ntc

२ असोज, काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस को अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध गराउन आवश्यक तयारी पुरा भएको जानकारी दिएको छ ।

यहीअसोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु. ५५ प्रतिप्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने जनाएको छ ।

साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमारु. १५ मा १ जीबी डाटाप्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुने छ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटाप्याक रु. ८५० माउपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७प्रतिशतको भारी छुट प्रदान गरिएको छ । सो अनुसार यो प्याक२०७७असोज २, ३ र ४ गते जम्मा रु. ५५५ माउपलब्ध हुनेछ ।

संविधान दिवसक अवसरमा उपलब्ध गरिएकायी अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिने छन् । साथै, ग्राहकको सहजताका लागि नेपाल टेलिकम एपबाट समेत यी प्याक हरुखरिद गर्न सकिने व्यवस्था गरिएको टेलिकमले ज्ञिज्ञप्ति जारी गरी जनाएको छ ।