खेलकुद

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत ४ कर्मचारीको जिम्मेवारी हेरफेर

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत ४ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । भदौ ३१ गतेको निर्णयानुसार राखेप सदस्य सचिव रमेशकुमार सिलवालले ४ कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन् । आपूर्ति तथा भण्डार शाखाका प्रमुख वज्र केसीलाई विद्यालय खेलकुद विकास विभागको जिम्मेवारी दिइएको छ ।

सुजन खतिवडालाई भण्डार शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि पनि भण्डार शाखामै थिए । इन्द्रबहादुर कार्की संघ संस्था समन्वय शाखा प्रमुख बनेका छन् । कार्की १३ औं दक्षिण एसियाली खेलकुद तयारी सचिववलयमा थिए । उक्त शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ गत भदौमा अनिवार्य अवकाश भएपछि प्रमुखको पद रिक्त थियो ।

त्यस्तै शारदा दाहालले सामान्य प्रशासन शाखाको प्रमुखको जिम्मेवारी पाएकी छिन् । उनी पनि सोही शाखामा थिइन् । सामान्यका प्रमुख लवभक्त श्रेष्ठले गत असारमा राजीनामा दिएपछि पद खाली थियो । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार पत्र हस्तान्तरण गर्दै पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।