राजनीति

समाजबादमा जाने लक्षलाई अगाडी बढाउन लागि पर्छु: गौतम

१ असोज, काठमाडौं । राष्ट्रिय सभामा मनोनयनमा परेका नेकपा उपाध्यक्ष बामदेव गौतमले आप्नो राष्ट्रिय सभाको गरिमा बढाउने बाहेक कुनै उद्येश्य नरहेको बताएका छन् । उनले अध्यक्ष गाणेश प्रसाद तिमिल्सिनासँग सपथ खाँदै आफूलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेकोमा नेकपा नेतृत्व, सरकार र राष्ट्रपतिलाई धन्यबाद दिएका छन् ।
उनले आफूले समाजबादमा जाने कार्यका लागि पूराका पूरा भूमिका निर्बाह गर्ने भन्दै राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा नगिराउने प्रतिबद्धता गरेका छन । आजैमात्र राष्ट्रिय सभा सदस्यमा मनोनयन भएका उपाध्यक्ष गौतम आजै सपथ खाएका छन् ।