अन्तर्राष्ट्रिय

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५१ लाखभन्दा बढी

१ असोज, नयाँ दिल्ली । भारतमा कोरानोभाइरसबाट संक्रमितहरुको संख्या ५१ लाख नाघेको छ । भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार यहाँका संक्रमितको संख्या ५१ लाख १८ हजार २५४ जना पुगेको हो ।

भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९७ हजार ८९४ जना थप संक्रमित थपिएका पनि बताइएको छ ।सोही अवधिमा एक हजार १३२ जना संक्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा देशभरि अहिलेसम्म कुल संक्रमितमध्ये कोरोनाकै कारण मृतकको संख्या ८३ हजार १९८ जना पुगेको छ । भारतमा कुल संक्रमितमध्ये नौ लाख १० हजार ९ हजार ९७६ जना अझै पनि अस्पतालमा उपचाररत या आइसोलेसनमा रहेका छन् ।

त्यस्तै ४० लाख २५ हजार ८० जना संक्रमणमुक्त भइसकेका छन् । सो मन्त्रालयका अनुसार संक्रमण मुक्त हुने अनुपात करिब ७९ प्रतिशत रहेको छ । निको हुने यो दरलाई भारतीय अधिकारीहरुले सकारात्मक रुपमा लिएको बताएका छन् ।

भारतमा अहिलेसम्म ६ करोडभन्दा बढी नागरिकमा कोरोना भाइससम्बन्धी पिसिआर परीक्षण गरिएको बताइएको छ । भारतका स्वास्थ्य अधिकारीहरुले भारतमा हिजोमात्र ११ लाख ३६ हजारभन्दा बढीको परीक्षण गरिएको बताएका छन् ।