समाचार

राष्ट्रपति भण्डारीले गरिन बामदेवलाई राष्ट्रियसभा सदस्य मनोनित

१ असोज, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज नेकपा उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रिय समामा मनोनित गरेकी छन् । राट्रपतिले मनोनित गर्ने उक्त राष्ट्रिय सभाको सदस्य पदमा नेकपा सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेपछि सरकारले सिफारिस गरेको दुईदिनमा राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएकी हुन् । राष्ट्रिय सभा सदस्यमा मनोनयन नगरेपछि अर्थमन्त्रीबाट डा युवराज खतिवडा केहीदिन अगाडीमात्र बाहिरिएका थिए ।