राजनीति

प्रदिपको प्रश्नः बामदेबले जस्तै विश्वास दिलाउन कुलमानले कस्तो परिक्षा दिनुपर्याे

१ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले नेपाल विद्युत प्राधिकरणमा कुलमानको पुनः नियुक्ति नभएको प्रति सरकारसंग कडा प्रश्न गरेका छन् ।

नेता पौडेलले चुनाव हारेका बामदेबलाई राष्ट्रिय सभाको सांसदमा नियुक्त गर्ने सरकारले उदाहरणीय काम गर्ने कुलमानलाई पुनः नियुक्ति नगरिएको प्रति दुःख व्यक्त गर्दै बामदेब जस्तै जस्तै विश्वास दिलाउन कुलमानले कस्तो परिक्षा दिनुपर्याे हो सरकार भन्दै प्रश्न गरेका छन् ।

विद्युत प्राधिकरणमा राम्रो काम गरेका कुलमानको कामलाई सबैले सम्मान गर्ने उदारणिय कार्य गर्ने जो कोहीलाई जनताले पूनः नियुक्ति माग गर्नु स्वभाविक भएकाको बताएका छन् । घाडामा डुबेको प्राधिकरणलाई नाफामा पुर्याउने, लोडसेडिङ हटाई मुलुक नागरिकलाई उज्यालो प्रदान गर्ने जस्ता यति धेर राम्रा काम गर्दा पनि सरकारले उनको कामलाई सम्मान नगरि प्रतिस्पर्धाको परिक्षा लिनु गलत भएको संकेत गरेका छन् ।

उनले ट्वीटमा अघि भनेका छन्ः सरकार, वामदेव कुन नतिजा लिएर विराजमान भए ? उनले जस्तै विश्वास दिलाउन कुलमानले कस्तो परिक्षा दिनुपर्ने ?

उनको ट्वीटः हामीले कुलमानको कामलाई सम्मान गर्छौ उदारणिय कार्य गर्ने जो कोहीलाई जनताले पूनः नियुक्ति माग गर्नु स्वभाविक छ । यति काम गर्दा पनि सरकार उनलाई प्रतिस्पर्धाको परिक्षा लिन आग्रह गर्दैछ । सरकार,वामदेव कुन नतिजा लिएर विराजमान भए ? उनले जस्तै विश्वास दिलाउन कुलमानले कस्तो परिक्षा दिनुपर्ने ?