सामाजिक सञ्जाल

लकडाउनलाई सरकारले भ्रष्टाचार गर्ने मौकाको रुपमा मात्रै प्रयोग गर्योः नेता गुरुङ

१ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले ओली सरकारले लकडाउनलाई  भ्रष्टाचार गर्ने मौकाको रुपमा मात्रै प्रयोग गरेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारले कोरोना बिरुद्ध लड्ने र आर्थिक क्षेत्रलाई पनि सन्तुलित बनाएर राख्ने कुनै कार्ययोजना नबनाएका कारण समस्या उत्पन्न भएको बताएका छन् ।

साथै नेता गुरुङले कोरोना संक्रमण समुदायस्तरमै फैलिरहेको हालको अबस्थामा उल्टै परिक्षणको दायरा घटाउनु सरकारको असक्षमताको पराकाष्ठा भएको बताएका छन् ।

बुधबारमात्रै मात्रै स्वास्थ्य मन्त्रालयले मृत्यु भएका व्यक्तिको पिसिआर परिक्षण नगर्न निर्देशन दिएको थियो । साथै पछिल्लो समय सरकारले पिसिआर परिक्षणको दायरा घटाउँदै लगएकोबेला गुङको यस्तो ट्वीट आएको हो ।

उनको ट्वीटः कोरोना बिरुद्ध लड्ने र आर्थिक क्षेत्रलाई पनि सन्तुलित बनाएर राख्ने सरकारले कुनै कार्ययोजना बनाएन । लकडाउनलाई सरकारले भ्रष्टाचार गर्ने मौकाको रुपमा मात्रै प्रयोग गर्यो । कोरोना संक्रमण समुदायस्तरमै फैलिरहेको हालको अबस्थामा उल्टै परिक्षणको दायरा घटाउनु सरकारको असक्षमताको पराकाष्ठा हो ।