शिक्षा

डिएभीले शुल्क नबुझाए परिक्षामा भाग लिन नदिने विद्यार्थीलाई दियो चेतावनी

१ असोज, काठमाडौं । ललितपुरको एक स्कुलले लकडाउनमा नपाढाएको, बन्द भएको बेलाको शुल्क समेत असुलेको पाईएको छ । ललितपुरको धोबिघाटस्थित डीएभि सुशील केडिया विश्व भारतीय स्कुलले बैशाखदेखी साउनसम्मको शुल्क आजसम्म नतिरे अर्धवार्षिक परिक्षामा बस्न नदिने चेतावनी सहितको पत्र पठाएको अभिभावकहरुले बताएका छन् ।

बिद्यालयका अभिभावकले स्कुललले लकडाउन र निषेधाज्ञाबेला नपढाएको शुल्क पनि तिर्न ताकेता गरेको भन्दै गुनासो गरेका छन् । शिक्षा मन्त्रालयको निर्देशिका अनुसार असार महिनादेखीमात्रै अनलाईन कलास सञ्चालन भएको भएपछि बैशाख–जेठमा लकडाउनमा बालबच्चले पढ्न नपाएपछि शुल्क असल्न खोजेको बताएका छन् ।

अभिभावहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा १९ भदौमा जारी ‘विद्यार्थी सिकाई सहजीकरण निर्देशिका, २०७७’ को एउटा बुँदालाई टेकेर डीएभी स्कूलले मनोमानी गरिरहेको भन्दै आक्रोस पोखेका छन् । यस्तै सरकारले पनि लकडाउनमा बालबालिका नपढाएको शुल्क लिएको पाईए कारबाहि गर्ने चेतावनी दिएको थियो ।

साथै अभिभावहरुले कोरोना माहामारीका बेला कसरी अगाडी बढ्ने भनेर शिक्षमन्त्रालयनै अलमलमा परेर ठोस नीति दिन नसक्दा निजी विद्यालयले मनपरि शुल्क उठाउन खोजेको बताएका छन् । यस्तै उता शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले भने स्थानीय तहसंग स्वीकृति नलिई कुनैपनि स्कुलहरुले शुल्क लिन नमिल्ने भनिरहँदा डीएभिले भने आफुखुशि शुल्क उठाउन थालेको अभिभावकको गुनासो छ ।