प्रदेश 1

विराटनगरमा ६६ वर्षे बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि

१ असोज, विराटनगर । विराटनगरमा एक ६६ वर्षे बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबारराति ११ बजे अस्पताल भर्ना गरिएका उनले सोहि राति १२ बजेर १५ मिनेटमा मृत्यु भएको थियो ।

मृत्यु पस्चात गरिएको स्वाब परिक्षणमा बृद्धमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज बिहान १० बजे आएको हो ।

ज्वरो रुघाखोकि दम बढ्ने समस्यापछि विराटनगरबै लाईफ गार्ड अस्पतालमा भर्ना गरिएकोमा अवस्था नाजुक भएपछि बुधबार राति कोशी अस्पतालमा रेपर गरिएको थियो ।

कोसि अस्पतालको आईसोलेसन उपचारका लागि भर्ना भएको केहि समयमै उनको मृत्यु भएको हो । यो संगै कोरोनाका कारण कोशि अस्पतालमा १३ जनाको मृत्यु भएको छ ।