उर्जा

देश निर्माणका लागि हरेक नेपालीभित्र एउटा कुलमानको जन्महुनु आबश्यकः कुलमान घिसिगं

१ असोज, काठमाडौं । विद्युत प्राधिकरणका निबर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिगंले यो देशको निर्माणमा हरेक नेपाली भित्र एक कुलमानको जन्महुनु आबश्यक रहेको बताएका छन् । भदौ २९ गतेमात्र बिद्युत प्राधिकरणको प्रमुखबाट अवकाश पाएका घिसिगंले ट्वीट गर्दै उक्त मार्मिक कुरा बताएका हुन् ।
तीन करोड नेपाली जनताको मुटुमा बस्न सफल भएका कुलमानले आज भनेका छन्, ‘तपाइ हामीले राज्यबाट प्राप्त जुनसुकै जिम्मेवारीको कर्तब्यबोध गरि निष्ठा र इमान्दारितापुर्बक कार्यसम्पादन गर्नुहुन्छ भने तपाइ पनि एक कुलमान हो।’
उनले बुधबार पनि ट्वीट गर्दै यसो भनेका थिए, ‘यहाँहरुबाट जति जुन किसिमको माया पाएको छ, फेरि पनि यो उर्जा क्षेत्रमा बसेर काहिन काहि सहयोग गर्ने, काम गर्ने मौका पाउँदा र संस्था भित्र पनि पाउँदा हामी फेरी पनि एउटा उर्जासिल भएर अगाडी बढ्ने नै छु। तर, यो उर्जा अगामी दिनमा निरन्तर रहिरहोस् ।’

कुलमानको आजको ट्वीटः तपाइ हामीले राज्यबाट प्राप्त जुनसुकै जिम्मेवारीको कर्तब्यबोध गरि निष्ठा र इमान्दारितापुर्बक कार्यसम्पादन गर्नुहुन्छ भने तपाइ पनि एक कुलमान हो।
यो देशको निर्माणमा हरेक नेपाली भित्र एक कुलमानको जन्महुनु आबश्यक छ।