आर्थिक

भारतबाट आउन छाडेपछि ह्वात्तै बढ्यो प्याजको मुल्यः आज किलोको १ सय १९

काठमाडौं । भारतबाट प्याज आउन छाडेपछि नेपाली बजारमा प्याजको मूल्य मुल्य चर्किएको छ । भारतबाट प्याज नेपाल नभित्रिएपछि बजारमा सुकेको प्याजको मूल्य  आज ह्वात्तै बढ्दै गइरहेको छ ।

एक साताअघि किलोको ४० रुपैयासम्ममा किनबेच भइरहेको सुकेको प्याजको मूल्य अहिले दिनानुदिन बढ्दै गइरहेको छ । प्याज निर्यातसम्बन्धी नियमलाई संशोधन गर्दै भारतले बैंगलोर रोज प्रजाति बाहेकका अन्य प्याज निर्यातमा सोमबारदेखि प्रतिबन्ध लगाएपछि मूल्य बढेको हो ।

भारतले हरेक चाडपर्वको बेला प्याज निर्यातमा रोक लगाउँदै आइरहेको छ । कालीमाटी फलफुल तथा तरकारी बजारमा सोमबार होलसेल मूल्य ६० रूपैयाँ रहेको थियो । यस्तै मंगलबार प्याजको मूल्य बढेर ७५ रूपैयाँ पुग्यो । त्यसपछि आज बुधबार पनि प्याजको मूल्य बढेर किलोको ११९ रूपैयाँ पुगेको छ । प्याजको मूल्य भारतबाट आउन छाडेपछि व्यापारीहरुले मूल्य चर्को रुपमा बढाएका छन् ।

अहिले काठमाडौं उपत्यकामा खुद्रा व्यापारीले पहिलेदेखि रहेको स्टक प्याजको मूल्य बढाएर बेचेका छन् । आज काठमाडौं उपत्यकाका खुद्रा पसलले प्याजको मूल्य बढाएर किलो कै १३० रूपैयाँसम्म पुर्याएका छन् ।