मनोरञ्जन

प्रविन र रचनाले गाए स्व. राष्ट्रकविको संझनामा उनको प्रिती (भिडियो सहित)

३१ भदौ, काठमाण्डौ । स्व.राष्ट्रकवि माधव प्रशाद घिमिरेले २०२४ सालतिर अर्थात आज भन्दा ५३ वर्ष अघि कोरेको उनको प्रिती बोलको गित पुनः निर्माण गरिएको छ ।

२०६० सालमा नारायण रायमाझीले संगीत गरेर पहिलो पटक रेकर्ड गरिएको उक्त गितलाई गीतका संरक्षक रायमाझीले राष्ट्रकविको स्वर्गवास भएको २७ दिनपछि उहाँकै सम्झनामा केहि फरक शैलीमा बजारमा ल्याउनु भएको हो ।

लम्जुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरेको यहिँ भदौ २ गते १०१ वर्षको उमेरमा निधन भएको थियो । गित दिँदै गर्दा राष्ट्रकवि घिमिरेले नारायण रायमाझीलाई सोधेका थिए ( प्रेम गरिन्छ कि हुन्छ ? भन्दा हुन्छ भन्दै अगाडी भन्नुहुन्छ संगीतमा तपाईले दिने लोकधुन मलाई विशेष लाग्छ त्यसैले यो गित तपाईलाई दिँदै छु ।

रायमाझीका कुनै गित छैनन कि जो नेपालीको मन मुटुमा नबसेका हुन्, उत्कृष्ट गीतका चाङ्गमा यो गीतको पनि विछट्टै स्थान छ । पहिलो पटक २०६० सालमा जगदिश समाल र सपना श्रीले गाएको यो गित अहिले भने नेपाल आइडलबाट उदाएका नव गायक प्रविन वेडवाल र रचना रिमालले स्वर दिएका छन् ।

रिमा इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गितको छायांकन तथा संपादन मिराज अर्यालले गरेका छन् भने संगीत संयोजन र मिक्सिङ क्रमशः बीबी अनुरागी र श्याम श्वेत रसाईलीले गरेका छन् ।

रिमा इन्टरटेनमेन्टको स्टुडियोमा लाईभ रेकर्डिङ गरिएको उक्त गितमा अन्य कलाकारहरु उदिराम खड्का, बिर्मा खड्का, बिन्दु खड्का, मनोज खड्का, राकेश सोनी र बाँसुरीमा रत्न बिकले साथ दिएका छन् ।

गीतको भिडियोः