सामाजिक सञ्जाल

धनराजको ठोकुवाः आफैं नबद्लिने नेताले देशको मुहार बदल्न सक्दैन

३१ भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले आफैं नबद्लिने नेताले देशको मुहार बदल्न सक्दैन भन्ने ठोकुवा गरेका छन् । उनले ट्वीट गर्दै, ‘बिगतमा अख्तियारमा लोकमानको नियुक्ति र वर्तमानमा बिद्युत प्राधिकरणबाट कुलमानको बिदाईले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सिङ्गो राजनीतिलाई चित्रण गर्दछ।’ भनेका छन् ।
पुर्व साँसदसमेत रहेका नेता गुरुङले ब्यबस्था बदल्यौं तर हामी बद्लिएनौं भन्दै आफैं नबद्लिने नेताले देशको मुहार बदल्न सक्दैन भन्ने गहन विचार राखेका छन् ।
उनको ट्वीटः बिगतमा अख्तियारमा लोकमानको नियुक्ति र वर्तमानमा बिद्युत प्राधिकरणबाट कुलमानको बिदाईले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सिङ्गो राजनीतिलाई चित्रण गर्दछ। ब्यबस्था बदल्यौं तर हामी बद्लिएनौं। आफै नबद्लिने नेताले देशको मुहार बदल्न सक्दैन।