सामाजिक सञ्जाल

जनताका ‘कुलमान’ले हारेर ‘हनुमान’ले जित्ने दिन अब धेरै बाँकी छैनः संयोजक मिश्र

३१ भदौ, काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले अझै केही वर्ष नेपाली राजनीतिमा ‘कुलमानहरू’ले हारेर ‘हनुमानहरू’ र ‘किशोर थापाहरू’ले हारेर ‘विद्यासुन्दर’हरू जितिरहने बताएका छन् । उनले यस्तो कुलमानहरुले हारेर हनुमानहरुले जितिरहने समय धेर्रै नहुने भन्दै टुट्दैन र फुट्दैन भनिएका धेरै शक्तिहरूलाई जनताको शक्तिले परास्त गरेको दृष्टान्तसमेत दिएका छन् । उनले अति सर्वत्र वर्जयेत, जो भनिन्छ भनेका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले लोडसेडिङ हटाएर जनतामा हाई हाई भएका बिद्युत प्रधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पुनःनियुक्ती नदिएपछि संयोजक मिश्र आक्रोशित हुँदै उक्त कुरा सामाजिक सञ्जाल ट्वीटरमार्फत बताएका हुन् । सामाजिक सञ्जालमा कुलमानलाई पुनःनियुक्ती नदिएको बिरोध पछिल्लो समय ब्यापक छ ।
संयोजक मिश्रको ट्वीटः अझै केही वर्ष नेपाली राजनीतिमा ‘कुलमानहरू’ले हारेर ‘हनुमानहरू’ र ‘किशोर थापाहरू’ले हारेर ‘विद्यासुन्दर’हरू जितिरहने छन्। तर अब धेरै समय पर्खनु नपर्ला। टुट्दैन र फुट्दैन भनिएका धेरै शक्तिहरूलाई जनताको शक्तिले परास्त गरेको छ। अति सर्वत्र वर्जयेत, जो भनिन्छ।