सामाजिक सञ्जाल

संग्रौलाको टिप्पणीः चुनाव हारेका बामदेवलाई लाभका पद पुरस्कार, कर्मशील कुलमानलाई दण्ड

३१ भदौ, काठमाडौं । राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले नेपाल विद्यत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त नगरिएको प्रति टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले हरूवा काजी–वामदेवादिलाई लाभका पद पुरस्कार दिने तर कर्मशील कुलमानहरूलाई दण्ड गर्नु नै नेकपा डबलको न्यायविधानको काइदा भएको बताएका छन् ।

कुलमानको पुनः नियुक्ति नगरिएकोप्रति चौतर्फि बिरोध भईरहेकाबेला संग्रौलाको यस्तो ट्वीट आएको हो । कुलमानको नियुक्तिमा चौतर्फि माग उठिरहँदा सरकारले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिएको छ ।

संग्रौलाले अगाडी भनेका छन्ः जो खुबी, यत्न र इमानले गरिखान्छ, ऊ ख्वामितलाई कोसेली टक्र्याउँदैन । जो कोसेली टक्र्याउँदैन,ऊ प्रकारान्तरले दण्डित हुन्छ । लखेटे त प्रभुले कर्मशील कुलमान घिसिङलाई ।

उनको ट्वीटः जो खुबी, यत्न र इमानले गरिखान्छ, ऊ ख्वामितलाई कोसेली टक्र्याउँदैन । जो कोसेली टक्र्याउँदैन,ऊ प्रकारान्तरले दण्डित हुन्छ ।लखेटे त प्रभुले कर्मशील कुलमान घिसिङलाई । हरूवा काजी-वामदेवादिलाई लाभका पद पुरस्कार, कर्मशील कुलमानहरूलाई दण्ड । यी हो नेकपा डबलको न्यायविधानको काइदा !