सामाजिक सञ्जाल

डा भट्टराईको आक्रोसः भ्रष्ट आसेपासेलाई संरक्षण गर्ने सरकारले इमान्दार/सक्षम कुलमानलाई पचाएन

३१ भदौ, काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त नगरेको प्रति आक्रोस व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता भट्टराईले भ्रष्ट आसेपासेलाई संरक्षण गर्ने सरकारले इमान्दार र सक्षम कुलमानलाई पुनर्नियुक्ति नगरेको भन्दै कटाक्ष व्यक्त गरेका छन् ।

साथै भट्टराईले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ आदर्श व्यक्ति भएको पनि बताएका छन् । प्राधिकरणको चार वर्ष नेतृत्व सम्हालेका कुलमानलाई मंगलबार कार्यक्रम गरी औपचारिक रूपमै विदाइ गरिएको हो । उनको पदावधि भदौ २९ गते सकिएको थियो । सरकारले उनको पुनर्नियुक्ति गर्ने चर्चा चले पनि अन्ततं नियुक्त गरेन ।

उनले एकल जातीय बर्चस्व रहेको राज्यले उत्पीडित जातिमा जन्मेका कुलमानलाई नपचाएको टिप्पणी समेत गरेका छन् । भट्टराईले कुलमान विदाईको आफ्नो तीन अनुभूति लेख्दै देशमा आदर्श पात्रको खडेरी भएको पनि बताएका छन् ।

उनको ट्वीटः कुलमान विदाइमा आम अनुभूतिः १ । देशमा आदर्श पात्रको यस्तो खडेरी छ कि कर्तव्य खरो निर्वाह गर्ने कुलमान देशको आदर्श बनेका छन्ः २ । भ्रष्ट आसेपासेलाई संरक्षण गर्ने सरकारले इमान्दाररसक्षम कुलमानलाई पुनर्नियुक्ति गरेनः ३ । एकल जातीय बर्चस्व रहेको राज्यले उत्पीडित जातिमा जन्मेका कुलमानलाई पचाएन !