राजनीति

बरिष्ठ नेता पौडेल भावुक, भन्छन्, ‘मैले झोपडीको कुरा गर्दा महलको सुरक्षा त्यसैमा अन्तर्निहित देख्छु’

३० भदौ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको दिगो विकास र समृद्धिको आधार भनेको कृषि क्रान्ति, पर्यटनको विस्तार र जलशक्तिको विकास नै भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै मार्मिक रुपमा भनेका छन्, ‘मैले गाउँ विकासको कुरा गर्दा सहरको भविष्यलाई पनि ध्यान दिइरहेको हुन्छु । मैले झोपडीको कुरा गर्दा महलको सुरक्षा त्यसैमा अन्तर्निहित देख्छु । मैले गरिबको उत्थानको कुरा गर्दा धनीको शान्ति र अमनचयनको समेत ख्याल गरिरहेको हुन्छु । दलितको मुक्तिको कुरा गर्दा गैरदलितको युगानुकूल सभ्यता याद गरिरहेको हुन्छु ।’
बरिष्ठ नेता पौडेलले लेखक र बुद्धिजिवीले आफ्ना राम्रा कुरा नसुनेको व्यंग्य गर्दै, ‘यो मर्मको गहिराइमा मेरा मित्र बुद्धिजीवी प्रवेश गर्न चाहँदैनन् । मेरो विचारलाई कसैले अपुरो भने पनि अधुरो भने पनि मैले देखेको नेपालको दिगो विकास र समृद्धिको आधार भनेको कृषि क्रान्ति, पर्यटनको विस्तार र जलशक्तिको विकास नै हो ।’ भनेका छन् । नेता पौडेल कृषि क्रान्तिको बिषयमा पछिललो समय बहस गरिरहेका मुलुककै पुराना र कृषि बुझेका नेताका रुपमा चिनिन्छन् । उनले गाँउमा युवालाई बसौं बसौं लाग्ने अवस्थाको श्रृजना गर्नुपर्ने तर्क राख्दछन् । उसै क्रममा आज उनले एक स्टाटस् लेखेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा बरिष्ठ नेता पौडेलको भनाई जस्ताको तस्तैः मैले गाउँ विकासको कुरा गर्दा सहरको भविष्यलाई पनि ध्यान दिइरहेको हुन्छु । मैले झोपडीको कुरा गर्दा महलको सुरक्षा त्यसैमा अन्तर्निहित देख्छु । मैले गरिबको उत्थानको कुरा गर्दा धनीको शान्ति र अमनचयनको समेत ख्याल गरिरहेको हुन्छु । दलितको मुक्तिको कुरा गर्दा गैरदलितको युगानुकूल सभ्यता याद गरिरहेको हुन्छु । यो मर्मको गहिराइमा मेरा मित्र बुद्धिजीवी प्रवेश गर्न चाहँदैनन् । मेरो विचारलाई कसैले अपुरो भने पनि अधुरो भने पनि मैले देखेको नेपालको दिगो विकास र समृद्धिको आधार भनेको कृषि क्रान्ति, पर्यटनको विस्तार र जलशक्तिको विकास नै हो ।