पु.समाचार

असो १ गतेदेखी लामो दूरीका सवारी, होटल रेष्टुरेन्ट र आन्तरिक उडान खोल्ने सरकारको निर्णय

३० भदौ, काठमाडौं । सरकारले असोज १ गतेदेखी लामो दूरीका बसहरु, रेष्टुरेन्ट, होटल स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोल्न दिने निर्णय गरेको छ । सोमबारको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।
आजको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सुरक्षा मापदण्ड अपनाएर आन्तरिक हडाई उडानहरु पनि खोल्न अनुमति दिने निर्णय भएको स्पष्ट गरेका छन् । चैत्र ११ गतेबाट बन्द भएका अधिकाँस बस तथा आन्तरिक उडान बुधबारबाट खोल्ने निर्णय सरकारले गरेको छ ।