सामाजिक सञ्जाल

रामहरीको आक्रोसः गोकुल, यती र ओम्निलाई चोख्याउने मान्छेको खोजिमा प्रधानमन्त्री ओली

३० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पुर्व सांसद रामहरी खतिवडाले प्रधानमन्त्री गोकुल, यती र ओम्निलाई चोख्याउने मान्छेको खोजिमा रहेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी मा कुलमान घिसिङलाई दोहर्याउने विषयमा ओली पछि हटेको भन्दै बिरोध भएका बेला यस्तो आक्रोस व्यक्त गरेका हुन् ।

नेता खतिवडाले सरकारले आफुलाई काम गर्न जे सजिलो हुन्छ त्यही गर्ने भन्दै अहिले देशमा बामदेबको आबस्यक परेकोले उनलाई रास्ट्रपतिकोमा सिफारिस गरिएको तर बत्ती बलेकै छ किन चाहियो कुलमान ? भन्दै प्रश्न गरेका छन् । उनले अख्तियार खाली भो, अब गोकुल, यती र ओम्निलाइ चोख्याउने मान्छेको खोजिमा हुनुहुन्छ इमानदार प्रधानमन्त्री भन्दै कटाक्ष गरेका छन् ।

उनको ट्वीटः सरकारले आफुलाई काम गर्न जे सजिलो हुन्छ त्यही गर्ने हो । अहिले देशमा बामदेबको आबस्यक पर्यो अनि वहाँलाई माननीय बनाउन रास्ट्रपतिकोमा सिफारिस । बत्ती बलेकै छ किन चाहियो कुलमान ? अख्तियार खाली भो, अब गोकुल, यती र ओम्निलाइ चोख्याउने मान्छेको खोजिमा हुनुहुन्छ इमानदार प्रधानमन्त्री !