राजनीति

पार्टी एकताबिरुद्ध टेलिभिजनमा दिएका अन्तरवार्ता सच्याउन डा लोहनीलाई अध्यक्ष थापाको आग्रह

३० भदौ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले राप्रपाका अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टी एकताबिरुद्ध भ्रम श्रृजना गर्न खोजेको बताएका छन् । उनले ट्वीट गर्दै डा लोहनीले राप्रपा एकता खल्बलयाउने मनशायबाट एक टेलिभिजनमा अन्तरवार्ता दिएको भन्दै खल्बल्याउने मनसायबाट अभिप्रेरित भएको अन्तरवार्ता दिएको विचार ब्यक्त गरेका छन् ।
पुर्व उप-प्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष थापाले डा लोहनीले बोलेका कुराहरु राप्रपाका आम कार्यकर्ताको भावना बिपरीत भएको भन्दै उक्त बिबादिन कुराहरु सच्याउन साँकेतिक आग्रह गरेका छन् । केही अगाडी अध्यक्ष थापा, पशुपति शम्सेर राणा र डा प्रकाश चन्द्र लोहनी नेतृत्वका तीन पार्टी मिलेर एउटा राप्रपा गठन भएको थियो ।
अध्यक्ष थापाको ट्वीटः डा.प्रकाशचन्द्र लोहनीले एक टिभी अन्तर्वार्ताको माध्यमबाट पार्टी एकतावारे एकपक्षीय रूपमा जुन भ्रम सिर्जना गर्ने प्रयास गर्नु भएको छ, त्यो पार्टी एकताको भावना विपरित छ‌। एकता खल्बल्याउने मनसायबाट अभिप्रेरित देखिन्छ।