राजनीति

जनताले कुलमानलाई पुनःनियुक्ती गर भने गरेन, चुनाव हारेका बामदेबलाई नगर भने गर्योः डा भट्टराई

३० भदौ, काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले कुलमानको नियुक्तिमा सरकारको आनाकानी प्रति बिरोध जनाएका छन् ।

सोमबार मन्त्रीपरिषदको बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा राम्रो काम गरेका कुलमान घिसिङको नियुक्तिमा कुनै चासो नदिई चुनावमा पराजित नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने गरेको निर्णयको चौतर्फि बिरोध भईरहेको बेला डा भट्टराईको यस्तो ट्वीट आएको हो ।

उनले कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो भन्दै डा भट्टराईले ओली सरकार त्यसैको अवतार जस्तो भएको टिप्पणी गरेका छन् ।

भट्टराईले आम नागरिक ÷मिडियाले हारेकालाई राष्ट्रियसभामा नलैजाऊ भनि बिरोध गरेपनि गौतमलाई लाने भएको तर लोडसेडिंग अन्त्य लगायत राम्रो काम गरेका कुलमानलाई पुनः र्नियुक्ति गर भनेर दबाब दिँदा समेत सरकारले उक्त काम नगरेकोप्रति उनले बिरोध जनाएका छन् ।

सोमबार बसेको मन्त्री परिषद बैठकबाट कुलमानको विषयमा महत्वपुर्ण निर्णय हुने भनिएपनि कुनै निर्णय नभएपछि नागरिकस्तरबाट सरकारको बिरोध भएको छ ।

उनको ट्वीटः कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो ! ओली सरकार त्यसैको अवतार जस्तो छ । आम नागरिकरमिडियाले हारेकालाई राष्ट्रियसभामा नलैजाऊ भने तिनलाई लाने भएछ तर लोडसेडिंग अन्त्य लगायत राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति गर भने त्यो चाहिं गरेनछ  ! SHAME !